काठमाडौं । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा आबद्ध भएका छन् । प्रतिनिधि सभा निर्वाचन हुन ठीक एक साता बाँकी रहेका बेला उनले पार्टी परिवर्तन गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले उनलाई पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका थिए । बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा ठकुरीले कांग्रेससँग आफ्नो राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका हुन् ।