काठमाडौं । सरकारले फागुन २१ को चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको आधारमा सरकारले विदा दिने निर्णय गरेको हो । आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। योसँगै निर्वाचनको बेलामा एक सातासम्म बिदा हुने भएको छ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ।
२३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ।