प्रतिनिधिसभा सदस्य निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण

मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण

    काठमाडौँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ । 
     
    निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी ६७ जनाको सहभागिता थियो । कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले परराष्ट्र मन्त्रालयले विदेशी पाहुनलाई स्वागत गरी सहजीकरण गर्न खटाएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दा नै नेपालको तर्फबाट प्रभाव पार्नेगरी प्रस्तुत हुनुपर्ने बताए । सम्पर्क अधिकृतले देशका नाम पनि राख्ने गरी गुण विकास गरी विदेशी पाहुनासमक्ष व्यवहार गनुपर्ने उनले जानकारी गराए । 
     
    मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने पनि निर्वाचन आयुक्त राणाले बताए । देशको इज्जत राख्ने सामूहिक काम भएकाले मिलेर काम गर्न उनले निर्देशन दिए । सम्पर्क अधिकृतले नेपालको छवि राम्रो बनाउने गरी काम गर्नुपर्ने तयारी गर्न उनले सुझाव दिएका थिए ।
     
    कार्यक्रममा यसअघि पनि सम्पर्क अधिकृतका रूपमा काम गरिसकेका अनुभवीहरूले विदेशी पाहुनाले सम्पदास्थलमा पनि भ्रमण गर्न चाहने भएकाले त्यसअनुसारका कार्यक्रम पनि बनाउन अनुरोध गरेका थिए । 

    सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले ‘सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व’ प्रस्तुतीकरण गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij