काठमाडौं । स्थानीय प्रशासनले बीरगंजमा लगाएको कर्फ्यू सोमबार साँझदेखि हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै परिस्थिति सामान्यतर्फ उन्मुख भएको निष्कर्ष निकालेपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो।
यसअघि दुई पक्षबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले सोमवार बिहानैदेखि नगर क्षेत्रमा पूर्ण बन्देज लगाएको थियो। अहिले जनजीवन क्रमशः सहज बन्दै गए पनि पूर्ण रूपमा जोखिम हटिनसकेकाले निषेधाज्ञा भने कायमै राखिएको छ।
पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पर्सा प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि पूर्णकालीन कर्फ्यू लगाएको थियो। तर, सुरक्षा संयन्त्रको पछिल्लो रिपोर्टले जनजीवन शान्त रहेको देखाएपछि प्रशासनले खुकुलो नीति लिएको हो।
आज दिउँसो ४:३० बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ -३क_ बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहाल द्वारा जारी सूचनामा उल्लेख छ।
स्थानीय प्रशासनले कर्फ्यू हटाए पनि वीरगञ्जका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ। सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि हुन सक्ने आशंकामा प्रहरीले गस्ती बढाएको सुरक्षा श्रोतले जनाएको छ।