काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुुदैछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच टीयू मैदानमा प्रतिस्पर्धा हुुनेछ ।
त्यसैगरी आजनै कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगिता एकदिवसीय संरचनामा सञ्चालन हुनेछ ।