धादिङ बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

धादिङ बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • धादिङ बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

    धादिङ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

    पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।   दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

    तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

    दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

    जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij