काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगले चुनावमा उत्साहजनक सहभागीता बढाउन तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो ।
आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो । फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते मतदान हुँदै छ ।