निर्यातमा तेलको प्रभुत्व : आयात-आधारित व्यापारको दिगोपनमाथि प्रश्न

निर्यातमा तेलको प्रभुत्व : आयात-आधारित व्यापारको दिगोपनमाथि प्रश्न

शनिवार, फाल्गुण ९ २०८२
शनिवार, फाल्गुण ९ २०८२
  • निर्यातमा तेलको प्रभुत्व : आयात-आधारित व्यापारको दिगोपनमाथि प्रश्न

    काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा नेपालको निर्यात संरचनामा प्रशोधित खाद्य तेलले असामान्य प्रभुत्व देखाएको छ। यस अवधिमा करिब ७८ अर्ब रुपैयाँ बराबरको तेल निर्यात भएको छ, जसले कुल निर्यातको झन्डै आधा हिस्सा ओगटेको छ। तर यो उपलब्धि स्वदेशी उत्पादन क्षमताको परिणाम होइन, कच्चा तेल आयात गरेर प्रशोधन गरी पुनः निर्यात गर्ने व्यापार मोडेलमा आधारित छ।

    भन्सार विभागको तथ्याङ्कले देखाउँछ कि सोही अवधिमा ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कच्चा खाने तेल भित्रिएको छ। आयातको ठूलो अंश भटमासजन्य तेल अर्जेन्टिना, ब्राजिल र युक्रेन बाट आएको हो। यसले निर्यात वृद्धिको पछाडि आयातमा निर्भरता झनै स्पष्ट बनाएको छ।

    भारत सँगको साफ्टा व्यवस्थाले भन्सार सुविधा उपलब्ध गराएकाले यो कारोबार हालसम्म आकर्षक देखिएको छ। तर अर्थविज्ञहरूको बुझाइमा यस्तो पुनः निर्यातले उत्पादन विस्तार, औद्योगिक गहिराइ वा रोजगारी सिर्जनामा सीमित प्रभाव मात्र पार्छ।

    अब भने यही व्यापारको निरन्तरता जोखिममा पर्न सक्ने संकेत देखिएको छ। भारत र अमेरिका बीच सम्भावित व्यापार सम्झौताले अमेरिकी प्रशोधित तेललाई शून्य भन्सारमा भारतीय बजारमा प्रवेश दिलाएमा नेपालबाट हुने तेल निर्यातमा प्रत्यक्ष दबाब पर्न सक्छ।

    विश्लेषकहरूका अनुसार निर्यात क्षेत्रलाई स्थायित्व दिन नेपालले अलैँची, गलैँचा जस्ता स्वदेशी उत्पादनमा केन्द्रित रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ। उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार विविधीकरणतर्फ ध्यान दिएमा मात्र निर्यात वृद्धिलाई दिगो बनाउने आधार तयार हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij