गौरमा साम्प्रदायिक तनाव चुलिँदा कर्फ्यू आदेश जारी

गौरमा साम्प्रदायिक तनाव चुलिँदा कर्फ्यू आदेश जारी

शनिवार, फाल्गुण ९ २०८२
शनिवार, फाल्गुण ९ २०८२
  • गौरमा साम्प्रदायिक तनाव चुलिँदा कर्फ्यू आदेश जारी

    रौतहट । रौतहट जिल्लाको गौर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि प्रशासनले कर्फ्यू लागू गरेको हो।

    जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश प्रभावमा आएको हो। मस्जिदमा प्रार्थना भइरहेको समयमा बाजा बजाइएको विषयमा विवाद सुरु भई झडपमा परिणत भएको जनाइएको छ।

    घटनापछि शुक्रबार बिहानैदेखि गौर क्षेत्र तनावग्रस्त बनेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र निर्धारण गरिएको छ।

    स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले हवाइ फायर तथा अश्रुग्यास प्रहार गरिरहेको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडपका घटना भएका छन्।

    कर्फ्यू अवधिमा घरबाहिर निस्कन, भेला, जुलुस, सभा, प्रदर्शन तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। झडपका क्रममा केही सवारी साधनमा आगजनी, घरमा तोडफोड तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

    अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना समेत परिचालन गरिएको प्रशासनले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij