काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख २६ हजार ७ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कायम भएको छ ।