भारतबाट भाउ बढेर आए पनि पेट्रोल र ग्याँस स्थिर, डिजेल महँगियो

भारतबाट भाउ बढेर आए पनि पेट्रोल र ग्याँस स्थिर, डिजेल महँगियो

शनिवार, माघ १७ २०८२
शनिवार, माघ १७ २०८२
  • भारतबाट भाउ बढेर आए पनि पेट्रोल र ग्याँस स्थिर, डिजेल महँगियो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

    निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने परिवर्तन गरिएको छैन । यससँगै हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ब्रेक–इभन बिन्दुमा कायम गरिएको निगमले जनाएको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ०.१२ रुपैयाँ, डिजेल ४.६६ रुपैयाँ र एलपी ग्याँस प्रतिसिलिन्डर ४५.४९ रुपैयाँ बढेर आएको थियो । यद्यपि, उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले पेट्रोल र ग्याँसको मूल्य यथावत् राखी डिजेल र मट्टितेलमा मात्र आंशिक वृद्धि गरिएको निगमले स्पष्ट पारेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij