आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij