काठमाडौं । जिम्बाब्वेले आईसीसी महिला विश्वकप ग्लोबल छनोटमा नेपालसामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विके गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो ।
जिम्बाब्वेका लागि केलीज एनडलोभुले ३६ बलमा ८ चौकाको मद्दतले अविजित ५२ रनको योगदान गरिन् । यसैगरी बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रन बनाए ।
नेपालका लागि रिया शर्माले २ तथा कविता कँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।