राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित

राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित

    काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

    फरवार्ड फोडे फोफानाले गरेको एक गोल सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । फोफानाले खेलको ६१औँ मिनेटमा गोल गरेका हुन् । सातदोबाटो पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने न्युरोड टिम (एनआरटी)सँग ३-१ गोलको हार व्यहोरेको थियो ।
     
    यता मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५-० गोलले पराजित भएको थियो भने मच्छिन्द्र क्लबसँग २-१ गोलले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij