महाकाल मन्दिरको गर्भगृहमा आगलागी, पुजारीसहित १३ जना घाइते

महाकाल मन्दिरको गर्भगृहमा आगलागी, पुजारीसहित १३ जना घाइते

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • महाकाल मन्दिरको गर्भगृहमा आगलागी, पुजारीसहित १३ जना घाइते

    काठमाडौं । भारतको मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन् । मन्दिर परिसरमा होली मनाउने क्रममा उक्त घटना भएकाे हाे ।

    आज बिहान होलीका अवसरमा मन्दिरको गर्भगृहमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो । आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ । 

    समाचार अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा गुलाल फाल्ने क्रममा आगलागी भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij