सुन तोलमा नौ हजार बढेर तीन लाख एक हजारमाथि

सुन तोलमा नौ हजार बढेर तीन लाख एक हजारमाथि

शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • सुन तोलमा नौ हजार बढेर तीन लाख एक हजारमाथि

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij