लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा

लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा

बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा

    कीर्तिपुर  ।  आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बङ्गलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।

    आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बङ्गलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बङ्गलादेश छ अङ्कका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ । 

    खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बङ्गलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।

    नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुईरदुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक÷एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

    नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बङ्गलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन÷तीन विकेट लिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij