विभागले गर्यो एक फर्मलाई ५० हजार जरिवाना

विभागले गर्यो एक फर्मलाई ५० हजार जरिवाना

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • विभागले गर्यो एक फर्मलाई  ५० हजार जरिवाना

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न फर्ममा अनुमगन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ । 

    विभागले नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको प्रष्ट पारेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij