काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।