वीरगञ्ज भन्सारद्वारा छ महिनामा एक खर्ब १६ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा छ महिनामा एक खर्ब १६ अर्ब राजस्व सङ्कलन

मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • वीरगञ्ज भन्सारद्वारा छ महिनामा एक खर्ब १६ अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । 

    कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १२ अर्ब एक करोड बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए । 

    कार्यालयले गत साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।
     
    पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको  छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij