विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
    काठमाडौँ । आइसिसी महिला टी(२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । 
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्‍यो । थाइल्याण्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् । 
     
    नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल बनाएको थियो ।
     
    नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन् । त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन भने पूजा महतोले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
     
    थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई र चनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान एकरएक विकेट लिएका हुन् । नेपाल आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्याण्डसँग खेल्नेछ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij