सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १६० रुपैयाँले बढेको प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij