सुनसरीमा ट्रक दुर्घटना, एकै गाउँका पाँचजनाको मृत्यु

सुनसरीमा ट्रक दुर्घटना, एकै गाउँका पाँचजनाको मृत्यु

बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • सुनसरीमा ट्रक दुर्घटना, एकै गाउँका पाँचजनाको मृत्यु

    काठमाडौं । सुनसरीमा भएको सवारी दुर्घटनामा एकै गाउँका पाँचजनाको ज्यान गएको छ । जिल्लाको भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार बिहान मालवाहक ट्रक पल्टँदा पाँच मजदुरको घट्नास्थलमै मृत्यु भएको हो । 

    प्रहरीकाअनुसार,मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए । 

    दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू सबै एकै गाउँका बासिन्दा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना सामान्य घाइते भएका छन् । दुर्घटनालगत्तै फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij