रुसको कन्सर्ट गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, ४ बन्दुकधारी पक्राउ

रुसको कन्सर्ट गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, ४ बन्दुकधारी पक्राउ

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • रुसको कन्सर्ट गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, ४ बन्दुकधारी पक्राउ

    काठमाडौं । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।  गोलिकाण्डमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।  

    गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए। सुरक्षानिकायले ६ घन्टा लगाएर त्यहाँको आगो निभएको थियो। रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

    आक्रमणमा परी घाइते भएका १४५ जना भन्दा बढीलाई शुक्रबार नै उद्धार गरी अस्पताल पठाइएको थियो। इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको भनेपनि हालसम्म पुष्टि नभएको बिबिसीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij