सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुदैछ काराेवार ?

सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुदैछ काराेवार ?

आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुदैछ काराेवार ?

     काठमाडौं । नेपाली बजारमा सुनको मुल्य  हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज  सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुन २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुन २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij