भन्सार एजेन्ट आन्दोलित, विराटनगर भन्सार कार्यालय ठप्प

भन्सार एजेन्ट आन्दोलित, विराटनगर भन्सार कार्यालय ठप्प

मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • भन्सार एजेन्ट आन्दोलित, विराटनगर भन्सार कार्यालय ठप्प

    विराटनगर । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ ।

    सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रलेसमेत समर्थन जनाएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताए। 

    विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेण्ट महासङ्घ नेपालको आह्वानमा आजदेखि कार्यालयमा काम बन्द गरिएको बताए । आन्दोलनका कारण भन्सार आयात निर्यातको जाँच पास रोकिएको छ । विराटनगर भन्सार कार्यालयले सरकारले तोकेको अनुसार दैनिक करिब रु १४ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य पाएको छ । आन्दोलनका कारण सो लक्ष्य प्राप्तिमा असर परेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij