टानका पूर्वअध्यक्ष सिंहको निधन

टानका पूर्वअध्यक्ष सिंहको निधन

सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • टानका पूर्वअध्यक्ष सिंहको निधन
    काठमाडौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।
     
    सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले जानकारी दिए ।
     
    स्व सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवद्र्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij