सुनचाँदीको मूल्य निरन्तर अकासिदो, तोलामा कति ?

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, तोलामा कति ?

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • सुनचाँदीको मूल्य निरन्तर अकासिदो, तोलामा कति ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य  दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल ११० ले बढेर तोलामा  तीन हजार ६५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी  तीन हजार ५४५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij