चार महिनामा वीरगञ्ज भन्सारले उठायो ३३ अर्ब राजस्व

चार महिनामा वीरगञ्ज भन्सारले उठायो ३३ अर्ब राजस्व

बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • चार महिनामा वीरगञ्ज भन्सारले उठायो ३३ अर्ब राजस्व

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा  पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट  २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ । 

    कार्यालयले चालु आवको चार महिनामा  फलाम तथा फलामबाट बनेका सामानबाट  चार अर्ब ५८ करोड,  कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । 

    इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट  रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij