पुनर्निर्माण कोषका लागि नेपाल लाइफले गर्योे डेढ करोड सहयोग

पुनर्निर्माण कोषका लागि नेपाल लाइफले गर्योे डेढ करोड सहयोग

सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • पुनर्निर्माण कोषका लागि नेपाल लाइफले गर्योे डेढ करोड सहयोग

    काठमाडौं ।  ‘जेनजी’  प्रदर्शनीका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

    गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःरुत्थान तथा राहतलगायत कार्यका लागि उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त रकम योगदान गरिएको जनाएको छ ।

    हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij