सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौं प्रशासनले छानबिन थाल्यो

सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौं प्रशासनले छानबिन थाल्यो

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौं प्रशासनले छानबिन थाल्यो

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका सङ्घसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ । 

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए । उनका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही सङ्घसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढङ्गबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेकोलगायत विषयमा पटकपटक गुनासा आएका छन् । ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ । 

    प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij