कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

    काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ ।

    यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij