मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

    त्रिवेणी  ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

    उएका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन् । दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij