एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । 

    एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरूले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । 


    आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij