सुनकाे मूल्य एकैदिन ५ हजार २ सयले बढ्याे, तोलाको कति पुग्यो ?

सुनकाे मूल्य एकैदिन ५ हजार २ सयले बढ्याे, तोलाको कति पुग्यो ?

मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • सुनकाे मूल्य एकैदिन ५ हजार २ सयले बढ्याे, तोलाको कति पुग्यो ?

     काठमाडौं । सुनकाे मूल्य एकैदिन ताेलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । मंगलबार एकैदिन सुनको मुल्य उच्च दरमा बढेकाे हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रति ताेल २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियोे ।

    त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको संघले जनाएको छ । यस दिन चाँदी प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij