नेपाली काँग्रेससहित १ सय ३२ दलद्वारा आयोगमा दल दर्ताको निवेदन

नेपाली काँग्रेससहित १ सय ३२ दलद्वारा आयोगमा दल दर्ताको निवेदन

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • नेपाली काँग्रेससहित १ सय ३२ दलद्वारा आयोगमा दल दर्ताको निवेदन

    काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । यसअघि शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । काँग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

    निर्वाचन आयोगमा आइतवारसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । जसमा प्रतिनिधि सभा निर्वाचनका लागि ५६ तथा राष्ट्रिय सभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij