काठमाडौं । दुर्गा प्रसाईं आइतबार साँझ रिहा भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई रिहा गर्ने आदेश दिएसंगै उनी रिहा भएका हुन् ।
बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर उनलाई रिहा गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।