भक्तपुर । भक्तपुरको सूर्यविनायक–काभ्रेको धुलिखेल सडक विस्तार परियोजना हाल ५० प्रतिशत पूरा भएको छ । १५.८ किलोमिटर लामो यो सडकलाई छ लेनमा विस्तार गर्ने कार्य दुई प्याकेजमा भइरहेको छ ।
सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत र साँगा–धुलिखेल भागमा ५५ प्रतिशत प्रगति भएको छ । मन्त्री कुलमान घिसिङले स्थल निरीक्षण गर्दै अनुकूल मौसमका कारण कामलाई तीव्र बनाउन निर्देशन दिए ।
सडक सिमाना विवाद, संरचना हटाउने समस्या र बजेट अभावका कारण पहिले ढिलाइ भए पनि अब अर्थ मन्त्रालयले आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेकाले काम तीव्र गतिमा अघि बढ्ने बताइएको छ ।
परियोजनाले ७० करोड विनियोजनसँगै करिब ४ अर्ब थप बजेट माग गरेको छ । टेवा पर्खाल र नाली निर्माण ९५ प्रतिशत पूरा भएको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर भाग कालोपत्रे भइसकेको छ ।