बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो । 

    सुन आज तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अस्ति शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार एक सय रुपैयाँ रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij