काठमाडौं । नेकपा (एमाले) नेता महेश बस्नेतमाथि विराटनगरमा हमला गर्ने प्रयास भएको छ ।
युवा संघको कार्यक्रमका लागि सुनसरीतर्फ जाँदै गरेका बस्नेत विराटनगर विमानस्थल पुगेका बेला उनी बसेको सवारीमा दुई जना जेन–जेड युवाले रातो मसी फ्याँक्ने प्रयास गरेका हुन् ।
उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले तत्काले नियन्त्रणमा लिएको छ ।