मोरङमा थपिए ४४ हजार नयाँ मतदाता

मोरङमा थपिए ४४ हजार नयाँ मतदाता

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • मोरङमा थपिए ४४ हजार नयाँ मतदाता
    मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । 
     
    मोरङस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् ।
     
    अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij