एमालेको जनसभाले काठमाडौंको ट्राफिक अस्तव्यस्त

एमालेको जनसभाले काठमाडौंको ट्राफिक अस्तव्यस्त

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • एमालेको जनसभाले काठमाडौंको ट्राफिक अस्तव्यस्त

    काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरेकोे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    प्रदर्शनीमार्ग हुँदै चल्ने गाडीलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको छ । एमालेको र्यालीका कारण टुडिखेल  वरिपरि भएर चल्ने  गाडीको आवागमन पनि प्रभावित भएको छ । सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । काठमाडौंको माइतीघरचोक, सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेला भएकोले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

    यसैबीच अहिले नेकपा एमालेको वृहत् जनसभा चलिरहेको छ । एमालेले ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरेको हो । बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । उनले सरकार चुनाव गराउने बाटोमा नभएको जिकिर समेत गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij