मतदाता दर्ता अवधि सकियाे, ७ लाख नयाँ मतदाता थपिए

मतदाता दर्ता अवधि सकियाे, ७ लाख नयाँ मतदाता थपिए

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • मतदाता दर्ता अवधि सकियाे, ७ लाख नयाँ मतदाता थपिए

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय अब सकिएको छ । कात्तिक मसान्तसम्म मात्र खुला गरिएको दर्ता समय नयाँ आवेदनको चाप अत्यधिक बढेपछि आयोगले हिजोसम्मका लागि विस्तार गरेको थियो । विस्तार गरिएको अवधि भित्र मात्रै ७ लाखभन्दा बढी नयाँ मतदाता सूचिमा थपिएको आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय परिचयपत्रका विवरण प्रयोग गरेर अनलाइनमार्फत नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि अनलाइन आवेदन झनै बढेको हो ।

    नामावलीमा गल्ती परेमा मंसिर २१ देखि २७ गतेसम्म सच्याउने समय तोकिएको छ । यस अवधिमा आफ्नो विवरणमा त्रुटि भए सच्याउन, कसैले झुटो जानकारी दिएर नामावलीमा नाम चढाएको भए उजुरी गर्न, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेको भए एक ठाउँमा मात्र कायम गराउन, र मृत्यु भइसकेका वा नागरिकता त्यागेका व्यक्तिहरूको नाम हटाउन आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा निवेदन वा उजुरी दिन सकिनेछ ।

    आयोगले प्राप्त सबै गुनासा र उजुरीको सम्बन्धित निर्वाचन कार्यालयमार्फत छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन तथा वडा कार्यालयहरूमा सार्वजनिक गर्ने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij