चार महिनामा ४० करोडको फलफूल आयात

चार महिनामा ४० करोडको फलफूल आयात

शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • चार महिनामा ४० करोडको फलफूल आयात

    झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।

     चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । 

    अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ ।

     नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ । काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ ।

    चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व संकलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए । उहाँका अनुसार कात्तिकमा भन्सारले राजस्व संकलनको लक्ष्य रु एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो । तर सो अवधिमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार संकलन भएको उनले जानकारी दिए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij