झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको कारोबार

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको कारोबार

बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको कारोबार

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०.९३ अंकले घटेको हो ।

    आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।


    आज नेप्सेमा धौलागिरि लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने बुंगल हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले घट्दा होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो भने अन्यको उपसूचक नकारात्मक रह्यो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij