मतदाता नामावली संकलन जारी , ६ लाख २० हजार थपिए

मतदाता नामावली संकलन जारी , ६ लाख २० हजार थपिए

मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • मतदाता नामावली संकलन जारी , ६ लाख २० हजार  थपिए

    काठमाडौँ । निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजेसम्मको हो ।

    तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले जेन जेडलाई लक्षित गरी अध्यादेश मार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी छ ।

    पहिलो चोटि गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij