काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म(संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट उनलाइ पक्राउ गरेको हो ।
उनले मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।
प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै प्रहरीले यस्तो सर्कृलर जारी गरेको हो ।