विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं ।  वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै रु आठ लाख ५० हजार र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै रु २८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij