राष्ट्रिय परिचयपत्र भएकाले आज पनि अनलाइनबाट मतदाता नामावली भर्न सक्ने

राष्ट्रिय परिचयपत्र भएकाले आज पनि अनलाइनबाट मतदाता नामावली भर्न सक्ने

शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • राष्ट्रिय परिचयपत्र भएकाले आज पनि अनलाइनबाट मतदाता नामावली भर्न सक्ने

    काठमाडौं । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले आज (शनिबार) पनि अनलाइनमार्फत् मतदाता नामावलीको आवेदन दिन सक्ने भएका छन् । तर राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले भने आज आवेदन दिन पाउने छैनन् भन्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।

    पहिले नै अनलाइन आवेदन भरेका नागरिकले सम्बन्धित निर्वाचन कार्यालयमा गएर आफ्नो जैविक विवरण बुझाउने काम भने आज पनि जारी रहने आयोगले जनाएको छ । साथै सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि जैविक विवरण सङ्कलन सेवा सामान्य रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    अनलाइनबाट नाम दर्ता गर्न सकिने व्यवस्था लागू भएपछि आवेदन दिने भीड बढेको आयोगले बताएको छ । बढ्दो चापका कारण आयोगले नाम दर्ता तथा अद्यावधिकको समय पाँच दिन थपेर मङ्सिर ५ गतेसम्म पुर्‍याएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि आयोगलाई समय बढाउन अनुरोध गर्नुभएको थियो । यसअघि कात्तिक ३० सम्म समय तोकिएको थियो । आयोगका अनुसार हालसम्म दुई लाख ५७ हजार ५ सयभन्दा बढी नयाँ मतदाता नामावलीमा दर्ता भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij