त्रिवि क्रिकेट रङ्गशालामा सकियाे फ्लडलाइट जडानकाे काम

त्रिवि क्रिकेट रङ्गशालामा सकियाे फ्लडलाइट जडानकाे काम

शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • त्रिवि क्रिकेट रङ्गशालामा सकियाे फ्लडलाइट जडानकाे काम

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइट जडानको काम पूरा भएको छ । निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चरका अनुसार रङ्गशालाका छवटै पोलमा बत्ती जडान गरिसकिएको छ ।

    अब एउटै पोलमा एमिङ (बत्तीको फोकस मिलाउने) र प्रकाश परीक्षण गर्ने काम मात्र बाँकी छ, जुन आज बेलुकीसम्म सकाएर क्यानलाई हस्तान्तरण गर्ने तयारी छ ।

    एउटा पोलमा ७० वटाका दरले रङ्गशालामा कुल ४२० वटा लाइट जडान गरिएका छन् । मैदानका विभिन्न स्थानमा साना झन्डा राखेर प्रकाश र फोकस मिलाउने काम भइरहेको कम्पनीले बताएको छ ।

    नेपाल क्रिकेट सङ्घ क्यानले यसअघि नै एनपीएलको दोस्रो संस्करणका ३२ मध्ये २३ खेल फ्लडलाइटमा हुने गरी तालिका सार्वजनिक गरिसकेको छ । निर्धारित समयमै काम सकिए नेपालमा पहिलोपटक फ्रेन्चाइज क्रिकेट फ्लडलाइटमा खेलिनेछ ।

    आउँदो मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ । अहिले सहभागी टोलीहरू विदेशी खेलाडी सहित अन्तिम तयारीमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij